
असोज २४,गुल्मी ।
लामो समयदेखि पहिराले अवरुद्ध कालीगण्डकी करिडोर अन्तर्गतको रिडी–रुद्धबेनी सडकखण्ड शुक्रबार साँझबाट सञ्चालन आएको छ।
विष्णुपञ्जरमा असोज ११ देखि निरन्तर पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। पहिरो झर्ने क्रम लामो समयसम्म रहेकाले सकड सञ्चालनमा ल्याउन समय लागेको कालीगण्डकी करिडोर गैडाकोट, राम्दी, मालढुङ्गामा सडक योजना पाल्पाका योजना प्रमुख नरेन्द्र सुवेदीले बताए।



गत सोमबारदेखि पहिरो झर्ने क्रम रोकएकाले दुईवटा मेसिन पहिरो पन्छाउनका लागि प्रयोग गरी शुक्रबार साँझबाट सडक सञ्चालनमा ल्याइएको सुवेदीले बताए। सुवेदीका अनुसार एम्बुलेन्स र साना गाडीहरुका लागि वाइपासको व्यवस्था गरेको र अन्य ठूला गाडीहरुका लागि तम्घास इन्दे्रगौडा सडकको प्रयोग भइरहेको छ।









