बुटवल ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा २ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ४:५० बजे शुद्धोधन गाउँपालिका ६ का ५७ वर्षीय पुरुषको मृत्यु भएको थियो भने बुटवल १० का ७९ वर्षीय पुरुषको शनिबार बिहान ७:१५ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा.सुदर्शन थापाले बताए ।
तीमध्ये शुद्धोधनका पुरुषलाई गत असोज १९ गते स्वास्थ्यमा समस्या आएपछि पीसीआर जांच गराउँदा पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएको थियो । दुई दिनसम्म भेन्टिलेटरमा राखी उपचार गरिएका ती व्यक्तिमा क्षयरोगको समस्या पनि रहेको डा.थापाले बताए ।



त्यस्तै,गत असोज १० गते कोरोना पुष्टि भएका बुटवल–१० का पुरुषलाई १३ दिनसम्म भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । उनलाई निमोनिया र मिर्गौलामा समस्या देखिएको डा.थापाले बताए ।
अहिले अस्पतालको आईसीयूमा १६ र भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको छ ।









