असोज २४,अर्घाखाँची ।
एकै परिवारका आठ जना सहित अर्घाखाँचीमा आज थप ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
शीतगङ्गा नगरपालिका–७ जलुके घर भई हाल सन्धिखर्क नगरपालिका १ मा बस्दै आएका विशाल खड्का परिवारका आठ जनामा कोरोना देखिएको हो। खड्काकी आमा, श्रीमती, छोरा, छोरी, भाइ र दुई बहिनीमा कोरोना देखिएको विशाल खड्काले बताए।



प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा समुदायस्तरका ३४ जना कोरोना सङ्क्रमित थपिएका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले बताए। यससँगै अर्घाखाँचीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४८६ पुगेको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या ९० रहेको छ।
कोरोनाका सङ्क्रमणबाट अहिले सम्म जिल्लामा चार जनाको मृत्यु भएको छ ।









