बुटवल ।
रुपन्देहीमा शनिवार १७९ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा ५५ जना महिला र १२४जना पुरुष रहेका छन् । आज थपिएका सँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या ३ हजार ५९५ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शनिबार बुटवल उपमहानगरपालिकामा ६६ जना, सिद्धार्थनगर नगरपालिकामा ४९, तिलोत्तमा नगरपालिकामा १९ जना, कोटहिमाई गाउँपालिकामा १८ जना, सियारी गाउँपालिकामा ११ जना, सैनामैना नगरपालिकामा ६ जना, देवदह नगरपालिकामा ५ जना, मायादेवी गाउँपालिकामा ४ जना र सुद्धोधन गाउँपालिकामा १ जना संक्रमित थपिएका छन् ।



रुपन्देहीमा कूल संक्रमित मध्ये २ हजार ४३५ जना संक्रमित निको भएका छन भने ११२६ जना उपचाररत अवस्थामा रहेका छन् । जिल्लामा ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।









