
असोज २४ ,गुल्मी
गुल्मीमा चन्दा असुलेको आरोपमा गुल्मीका विप्लप निकट कार्यक्रता पक्राउ परेका छन् । निर्माण व्यवसायीहरुसँग जिल्लाको मालिका गाउँपालिका २ दर्लिङका २० बर्षिया युवा विष्णु विक पक्राउ परेका हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको समुहले शुक्रबार राति छत्रदेव गाउँपालिका ६ गहिरापानीबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, गुल्मीलाई बुझाएको थियो।विप्लप माओवादीको नाममा विभिन्न निर्माण व्यवसायीहरुसँगबाट चन्दा असुलेको आरोप तथा विशेष सुुराकीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी केदारनाथ पन्थले जानकारी दिनुभयो । अहिले उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पन्थले बताए ।












