
काठमाडौं
नेपाल पत्रकार महासंघको नेतृत्वमा विभिन्न सञ्चारमाध्यमका पीडित पत्रकाहरुले लालटिन बालेर विभागअगाडि प्रदर्शनमा गउत्रिएको नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बताउनु भयो । सरकारलाई दबाब दिन विभागअगाडि लालटिन बाँलेर प्रदर्शन गरिएको उहाँले बताउनु भयो । विभिन्न बहानामा पत्रकारहरुलाई जागिरबाट निकाल्ने, समयमा तलब नदिने र बेतलबी बिदामा राखेर दुःख दिएको भन्दै सूचना तथा प्रशारण विभाग अगाडि प्रदर्शन गरिएको छ
लकडाउनपछि पत्रकारलाई जागिरबाट निकाल्ने, बेतलबी बिदामा राख्ने, अनेक किसिमका दुःख दिने क्रियाकलाप गरेको भन्दै महासंघले प्रदर्शन गरेको महासचिव विष्टले बताउनु भयो ।
कोरोनालाई बहाना देखाएर विभिन्न सञ्चारमाध्यमहरुले पत्रकारहरुलाई जागिरबाट निकाल्ने र बेतलबी बिदामा राखेका छन् । जागिरबाट निकालिएका पत्रकारहरु अहिले आन्दोलित छन् । पत्रकार महासंघले समेत उनीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।











