
असोज २५ ,काठमाडौं



राष्ट्र बैंकले आइतबार सूचना निकालेर कोरोना भाइरसको महामारीका कारण यो वर्षका चाडबाडमा नयाँ नोट वितरण नहुने जनाएको हो । संक्रमणको जोखिम उच्च भएकाले भिडभाड गरेर नयाँ नोट वितरण गर्ने अवस्था नरहेको राष्ट्र बैंकले जनाएको छ। नयाँ नोट सटहीका क्रममा भिडभाड हुन सक्ने र कोरोना सङ्क्रमणको जोखिम रहेकाले नोट वितरण नगर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।
केही दिनमै सूचना जारी गरेर नयाँ नोट वितरण नगर्नेबारे जानकारी गराइँने राष्ट्र बैंक स्रोतले जनाएको छ। राष्ट्र बैंकले हरेक वर्ष दसैंको अवसरमा नयाँ नोट वितरण गर्दै आएको थियो।गत साता बसेको सञ्चालक समिति बैठकमा यसबारे छलफल भइसकेको छ । नयाँ नोट वितरण नगर्नेबारे सम्भवतस् सोमबार सूचना जारी गरिने स्रोतले बताएको छ ।राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले कोरोनाको जोखिम उच्च भएकाले पंतिबद्ध गराएर नयाँ नोट बाँड्ने अवस्था नभएको बताउनु भयो । ‘यो वर्ष सर्वसाधारणको भिडभाड गराएर नयाँ नोट बाँड्न सक्ने अवस्था छैन ।








