काठमाडौँ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरका १२, ओखलढुंगाका १, झापाका १, मोरङका ३, सोलुखुम्बुका १, धनुषाका २, पर्साका १, बाराका ११, महोत्तरीका १३, रौतहटका ४, सप्तरीका २८, सर्लाहीका ३, सिरहाका ७, काठमाडौँका ११४५, काभ्रेका ४, चितवनका ३, दोलखाका ३, धादिङका ६, नुवाकोटका २५, भक्तपुरका ११०, मकवानपुरका ५, रामेछापका ४ र ललितपुरका १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।



यस्तै सिन्धुपाल्चोकका ४, कास्कीका २४, गोरखाका २०, तनहुँका १, नवलपरासीपूर्वका ३, पर्वतका १, लमजुङका ९, बागलुङका ३६, स्याङ्जाका २, अर्घाखाँचीका ३४, कपिलवस्तुका १०, गुल्मीका ४, दाङका ३२, नवलपरासीका १३, पाल्पाका २, प्यूठानका ३, बर्दियाका १०४, बाँकेका २०, रुकुमपूर्वका २, रुपन्देहीका ९८, रोल्पाका १, कालिकोटका २, जुम्लाका १, डोल्पाका ३, दैलेखका ९, रुकुम पश्चिमका ९, सल्यानका २, सुर्खेतका २, अछामका १, कञ्चनपुरका १७, कैलालीका ३६, डोटीका १०, दार्चुलाका १ र बैतडीका २ जना संक्रमित भएका छन्।
पछिल्लो २४ घण्टामा थप २२ जनाकाे काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा १७ पुरुष र पाँच महिला छन्। मृत्यु हुनेमध्ये ८ जना काठमाडौँ उपत्यकाका रहेका छन्।
सुनसरीकी ६२ वर्षीया महिला र ६५ वर्षीय पुरुष, धनकुटाकी ६१ वर्षीया महिला, सर्लाहीका ३८ वर्षीय पुरुष, काठमाडौँकी ६६ वर्षीया महिला तथा ६०, ७०, ७५, र ८३ वर्षीय पुरुष, ललितपुरका ४९ वर्षीय पुरुष, भक्तपुरका ४४ र ५७ वर्षीय पुरुष र नुवाकोटका ७७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो।
यस्तै चितवनकी ७५ वर्षीया महिला तथा ४७ र ९८ वर्षीय पुरुष र उमेर नखुलेका एक पुरुष, मकवानपुरकी ८५ वर्षीया महिला, सिन्धुपाल्चोकका ६३ वर्षीय पुरुष र रुपन्देहीका ६०, ६१ र ८४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ३६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ५ सय ५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ।
पछिल्लो २४ घण्टामा १२ हजार ४ सय २७ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ रहेको छ भने ४ हजार ६ सय १३ जना क्वारेन्टिनमा छन्।
मन्त्रालयका अनुसार देशभर ३२९ जना कोरोना संक्रमितको आईसीयुमा र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, रुपन्देही र सुर्खेतमा संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मनाङ र मुस्ताङमा कोरोना संक्रमितको संख्या शून्य छ।








