
असोज २६,बुटवल ।
रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ ।
असोज २० गते स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर जाँच गराउँदा पोजिटिभ आएका देवदह–१० का ७९ वर्षीय पुरुषको सोमबार बिहान साढे ७ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।



उनलाई आइतबार थप समस्या भएपछि भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । ती व्यक्तिमा दम, मधुमेह र उच्च रक्तचापको समस्या थियो । यससँगै उक्त अस्पतालमा कोरोनाले मृत्यु हुनेको संख्या ३० पुगेको छ ।









