असोज २६, बुटवल ।
रुपन्देहीमा सोमबार १५८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ५९जना महिला र ९९ जना पुरुष रहेका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या ३ हजार ६९२ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।



स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार बुटवल उपमहानगरपालिकामा ९७ जना, तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा २३/२३ जना, सैनामैना नगरपालिकामा ५ जना, देवदह नगरपालिकामा ४ जना, सुद्धोधन गाउँपालिकामा २ जना, रोहिणी गाउँपालिका, सियारी गाउँपालिका, कन्चन गाउँपालिका र ओमसतिया गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् ।
रुपन्देहीमा कूल संक्रमित मध्ये २ हजार ५४४ जना संक्रमित निको भएका छन भने १ हजार २६५ जना उपचाररत अवस्थामा रहेका छन् ।









