असोज २७,पाल्पा ।
नेपालीहरुको महान चाडवाडहरु नजिकिदै गर्दा स्थानीय सरकारहरुले पनि सक्रियता बढाउन थालेका छन् ।

उपभोक्ताहरुलाई ठगिन बाट बचाउनको लागी पाल्पाको रिब्दिकोट गाउँपालिकाले बजार अनुगमन गरेकोे छ ।
गाउँपालिकाको बजार अनुगमन समितिले रिब्दीकोट गाउँपालिकाको वडा नम्बर ३ हार्थोक बजार र वडा नम्बर ७ को बतासे बजार अनुगमन गरेको छ । अनुगमनको क्रममा पसलहरुले साइनबोर्ड नराखेको, पसल दर्ता नगरेको,मुल्य सूची नराखेको पाइएको छ ।



अनुगमनको क्रममा भेटिएका म्याद नाघेका विभिन्न किसिमका खाध तथा अन्य उपभोग्य वस्तुहरुलाई सरोकारवालाको रोहवरमा नष्ट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमचन्द्र अर्यालले जानकारी दिनुभयो ।
अनुगमनमा खाध प्रबिधी तथा गुण नियन्त्रण कार्यालयका निमित्त प्रमुख नरेश श्रेष्ठको समेत उपस्थिती रहेको थियो । मापडण्ड पुरा नगरेका पसललाई सचेत गराइएको गाउँपालिकाले जनाएको छ ।









