
दिपक भट्टराई,२८ असोज



रिब्दिकोट गाउँपालिका पालुङ्गमैनादी आयुर्वेदिक औषधालयको आयोजना तथा गाउँपालिकाको समन्वयमा स्वास्थ्य जीवन शैली तथा आयुर्वेद सम्बन्धि आभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य जीवन शैली अपनाउन आयुर्वेद सम्बन्धि के कस्ता कार्य गर्न सकिन्छ आयुर्वेद ले मानिसको जीवनमा पार्ने सकरात्मक प्रभाव तथा यसको महत्वक बारेमा आम नागरिकलाई जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा मुख्य प्रशिक्षक सामाजिक विकास मन्त्रालयका आयुर्वेद बिज्ञ डा। पुष्पराज पौडेल, ने. स.बि. का उपप्राध्यापक मदन भण्डारी, पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रक प्रमुख डा. सभ्यता पन्थी, गाउँपालिका आयुर्वेद औषधालयका प्रमुख डा.रोमहर्ष नेपालले कार्यक्रममा सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत प्रेमचन्द्र अर्यालले आयुर्वेद सम्बन्धी सिकेका कुरालाई व्यवहार उतार्न सके मात्र स्वास्थ्य जीवन बिताउन सकिने हुनाले आयुर्वेदका सेवा लिन सबैलाइ आग्रह गर्नु भयो ,उहाले अहिले मानिसहरु आयुर्वेदिक कुरामापनि बिश्वास राख्न थालेको हुनाले यसको महत्व दिन प्रतिदिन बढ्दै गएको बताउनु भयो । मानिसका जटिल समस्या पनि यो पद्दतिबाट समाधान भयकाले यसको प्रयोग बाट शरिरमा फाइदा नभए पनि असर नहुने धारणा राख्नु भयो । गाउँपालिकाकि उपाध्यक्ष लक्ष्मी खनालले यस्ता कार्यक्रम हरु सबै वडामा संचालन गरिने हुनाले कार्यक्रमको उदेश्य अनुसार सम्पूर्ण लक्षित् बर्गलाइ समावेस गरिने बताउनु भयो । गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जी.सी. ले यस्ता कार्यक्रम लाइ पालिकाले सधै सहयोग गर्ने बताउदै सकारात्मक स्वास्थ्य जीवन शैली सम्बन्धि पालिकाले ब्रोसर, बुकलेट तयार गरि प्रत्येक वडा मार्फत सम्पूर्ण जनतामा पुराईने बताउनु भयो । कार्यक्रमले मेरो स्वास्थ्य र मेरो जिम्मेवारी सबैमा बोध गराई निरोगी नेपाल आभियानमा सहयोग पुग्ने पनि बताउनु भयो । उहाले आयुर्वेदले जीवन शैलीमा परिवर्तन गराउने हुँदा बढी भन्दा बढी यसको उपभोग गर्न आग्रह गर्नु भयो । सम्भवत यो कार्यक्रम पाल्पा जिल्लामा पहिलो पटक रिब्दिकोट गाउँपालिकामा आयोजना गरिएकाले कार्यक्रम निकै फलदाई तथा जीवन उपयोगी भएको सहभागी हरुले धारणा राखेका थिए ।कार्यक्रममा सम्पूर्ण वडाका वडा अध्यक्ष गाउँ कार्यपालिकाका सदस्य, गा. पा. शाखाका प्रमुख हरुलाई प्रशिक्षण दिईएको थियो । कार्यक्रम गाउँपालिकाकि उपाध्यक्ष लक्ष्मी खनालको अध्यक्षता तथा गाउँ पालिकाका अधक्ष्य नारायण बहादुर जी.सी.को प्रमुख आथित्यतामा सम्पन भएको थियो ।









