बुटवल।
रुपन्देहीका १ सय २९ सहित लुम्बिनी प्रदेशमा बिहीबार थप २ सय ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै लुम्बिनी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ४ सय ५४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा लुम्बिनी प्रदेशमा ७९ महिला र २ सय १५ पुरुष गरी २ सय ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा.पुष्पराज पौडेलले जानकारी दिए ।



लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाहरुमध्ये बिहीबार रुपन्देही जिल्लामा सबैभन्दा धेरै १ सय २९जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशभरबाट थप ३ सय ११ जना कोरोना संक्रमित निको भएर घर फर्कीएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
हालसम्म प्रदेशका १० हजार ६ सय ५१ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कीएका छन् भने १ सय १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रदेशभर हाल ३ हजार ३ सय ९४ जना कोरोना संक्रमित उपचाररत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।









