पाल्पा।
पाल्पामा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा तिनाउँ गाउँपालिका ३ दोभानकी ५४ वर्षिया महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।
लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा बिहीबार मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए।



असोज २३ गते उपचारका लागि अस्पतालमा भर्ना भएकी महिलामा बुधबार कोरोना परीक्षणका लागि स्वाब संकलन गरि गरीएको परीक्षणमा बिहीबार मात्रै संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। उनमा निमोनियाको समेत समस्या रहेको थियो ।
यो सँगै पाल्पामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।









