बुटवल ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार र उनकी श्रीमती ४ लाख घुससहित पक्राउ परेका छन्।
प्रहरी हवल्दार शिव चन्द्र सहानी र श्रीमती निर्मला केवटले सेवाग्रहीबाट घुस रकम लिदै गर्दा अख्यितयार दुरुपयोग अनुसन्धान अयोग, बुटवलले पक्राउ गरेको हो ।



रुपन्देहीको सियारी गाउँपालिका७ बाट शुक्रबार दिउसो उनीहरुलाई पक्राउ गरेको अख्यितयार बुटवल प्रवक्ता सुरेश भुसाललेजानकारी दिनुभयो ।









