
दिपक भट्टराई , असोज ३१ –



पाणिनी गाउँपालिका वडा न ८ पाली मा रहेको कमला माध्यामिक विधालयमा व्यवस्थापन समिति गठन भएको छ | यो विधालय बिगत ९ महिना देखि व्यवस्थापन समिति बिहिन रहेको थियो | राजनितिक दल बिच भाग भन्डा नमिल्दा व्यवस्थापन समितिको गठन हुन सकेको थिएन यसरी लामो समय सम्म व्यवस्थापन समिति बिहिन हुदा विधालयका विभिन्न काममा बाधा पुगेको अभिवाबक हरु को गुनासो रहेको थियो यस्तै बिद्यालयका प्रशासनिक काम देखि लिएर योजना सम्झौताको काम मा समेत असर परेको प्रधानध्यापक गोविन्द राज पन्थीले बताउनु भयो | आज बसेको भेलाको छलफल बाट विधालयले नया समिति पाएको छ | नयाँ बनेको समितिमा जाकिर हुसेनको अध्यक्षतामा ६ सदस्य समिति गठन भएको हो जसमा अध्यक्ष जाकिर हुसेन सदस्यहरुमा मधु पन्थ, कमला खनाल, बिष्णु प्रसाद खनाल, समसुद्दिन अलि र माया खनाल रहनु भएको छ नव गठित समिति मा ने।क।पा का तिन जना र नेपाली कांग्रेसका तिन जना रहेका छन तर बिध्यालय जस्तो पवित्र स्थलमा यसरी राजनैतिक भाग बंडा गरेर समिति गठन गर्नु भन्दा शिक्षा तथा सामाजिक परिवेश अनुसार बिद्यालयमा शिक्षक तथा बिद्धार्थी हरुको हक हितमा काम गर्न सक्ने ब्यक्ती छनोट गरेर समिति निर्माण गर्नु पर्ने अभिवावक हरुको गुनासो रहेको थियो | तर त्यो नभएर राजनैतिक भाग भन्डा गरेर विधालय व्यवस्थापन समिति गठन गरिएको हो यस्तै गरि पाणिनी गाउँपालिका वडा न ८ कै अर्बोका प्राथमिक विधालयमा पनि ने।क।पा का तिन जना र नेपाली कांग्रेसका तिन जना रहने गरि राजनैतिक भाग बंडा गरेरनै विधालयमा व्यवस्थापन समिति गठन गरिएको छ |









