
पाल्पा, कार्तिक १



पाल्पा तानसेनका केही निजि बिद्यालयहरुले अभिभावक संग माशिक शुल्क उठाएका छन् । नगर शिक्षा समितिको निर्णय नआउँदै केही विद्यालयले कक्षा १ कै मासिक १४ सयका दरले शुल्क अशुलेका हुन् । भवन ठडाएको ऋण तिर्न र कर्मचारी तथा शिक्षकहरुलाई तवल दिन भन्दै शिक्षा समितिको निर्णय बिनै केहीले त असार महिना देखिकै शुल्क उठाएको अभिभावकको गुनासो छ । उनीहरुले लकडाउनको समयमा विद्यार्थीलाई ब्यस्त राख्न भन्दै आफैले निर्माण गरेका सिकाइ क्रियाकलाप र स्थानीय सरकारको सहयोगमा तयार भएको स्वाध्ययन सामाग्रीको समेत पैसा उठाएका हुन् । कोरोना कहरकै बिचमा संचालन भैरहेको प्रथम परिक्षा अघि नै बिद्यार्थीलाई अनिवार्य भर्ना गर्न दवाव दिएका उनीहरुले आफूहरुको भवन निर्माणका लागी लिएको ऋण तिर्न र शिक्षक कर्मचारीलाई तलव दिनुपर्ने भन्दै माशिक शुल्क समेत उठाएका हुन् । शूल्क निर्धारणका लागि तानसेन नगरपालिका र शिक्षा शाखा प्रमुख संग धेरै पटक छलफल र भेटघाट गरेपनि समाधान नभएपछि केही बिद्यालयहरुले अभिभावकको सहमतिमा मासिक शुल्क उठाएको प्याब्सन पाल्पाका अध्यक्ष भरत न्यौपानेले बताउनुभयो ।
स्थानिय सरकारको अनुमति बिना मासिक रकम उठाउनु गलत भएको तानसेन नगरपालिका,शिक्षा शाखाका प्रमुख रेशम न्यौपानेले बताउनुभयो ।निर्णय कुनुपर्ने तर पैसा उठाउन थालेको कुरा आफूले पनि सुनेको न्यौपानेको भनाई छ।शिक्षा समितिको म्याद नाघेकाले समिति अहिले नभएको तर केही दिनमा बस्ने नगरपालिकाको कार्यसमिति बैठक बाट शुल्क निर्धारण हुने प्रमुख न्यौपानेले जानकारी दिनुभयो । तानसेन नगरपालिकामा शिक्षा समितिनै नभएकाले समस्या भएको तर बिद्यालयले अहिले उठाएको माशिक शुल्क, पछि शिक्षा समितिले तोकेको भन्दा धेरै भए फिर्ता गर्ने गरि प्याब्सनमै भएको छलफलका आधारमा केही विद्यालयहरुले शुल्क लिएको अध्यक्ष न्यौपानेको भनाई छ ।









