
पाल्पा ।
डाक्टरलाई नै कोरोना संक्रमण पुष्टि भएपछि पाल्पा अस्पतालको सेवा बन्द भएको छ। दुई डाक्टरसहित अस्पतालमा रहेका एक जना सुरक्षाकर्मी र अन्य एक जनामा कोरोना संक्रमण भएपछि अस्पताल बन्द गर्नुपरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र पाण्डेले बताए।
सबै प्रकारका सेवा भने बन्द भएपनि आकस्मिक सेवा भने बन्द नरहने अध्यक्ष पाण्डेले बताए। सेवाग्राहीमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै अस्पतालले
सेवा बन्द गर्नु परेको उनले बताए।



अर्को सूचना प्रकाशित नहुँदासम्म सेवा बन्द रहने अस्पतालले जानकारी दिएको छ। अस्पतालमा कार्यरत सबै कर्मचारीको समेत कन्टयाक्ट ट्रेसिङ गर्ने तयारी भइरहेको पाण्डेले बताए।
केही दिनअघि नौ जनाको स्वाब परीक्षणका लागि पठाएकोमा चार जना संक्रमित रहेको पुष्टि भएको थियो।









