ट्रेन्डिङ

देशैभर धान रोपाइँ सुस्त: सुदूरपश्चिम अगाडि मधेस सबैभन्दा पछाडि, लुम्बिनीमा कति ?

तानसेन वडा नं. ६ द्वारा ४ सय १९ जना जेष्ठ नागरिक तथा लक्षित वर्गलाई सम्मान

वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम सम्पन्न, उत्कृष्ट उद्यमी सम्मानित

तानसेन–१२ मा नवनिर्मित वडा कार्यालय भवन समुद्घाटन

इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द

सरकारी आधिकारिक कागजात मोबाइल एप प्रयोग गरेर ‘स्क्यान’ नगर्न तीनै तहका सरकारलाई निर्देशन

बुटवल ३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

तिनाउमा अभिभावक शिक्षा अभियान सुरु, पहिलो दिन १७० जनाको सहभागिता

अभिभावकलाई शिक्षित बनाउँदै तिनाउ : असार १० देखि विशेष कार्यक्रम सञ्चालन हुँदै

घरदैलोमै सेवा: रामपुरको एकीकृत घुम्ती शिविरमा नागरिकको उत्साहजनक सहभागिता

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार सम्बन्धी सचेतना कार्यक्रम समपन्न

रामपुर–८ मा नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न

वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वर्षा नहुँदा तराई तातिदै, भैरहवामा तापक्रम ३७.५ डिग्रीबाट माथि उक्लँदै

रवि लामिछाने पुगे दिल्ली, भाजपा महासचिवले गरे स्वागत

प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

नेपाल–भारत सीमा बारे प्रधानमन्त्री शाहको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालयको स्पष्टीकरण

“पाल्पा अस्पताललाई ५० शैयाको आधुनिक अस्पताल बनाउँछौं” : मुख्यमन्त्री आचार्य

गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

पाल्पा बन्यो मुलुककै पहिलो ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’ जिल्ला

विद्यालय तहबाटै अभिभावक सचेतना आवश्यक: प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल

रिब्दीकोटमा अभिभावक शिक्षा अभियान तीव्र, आज वडा नं. १ मा विशेष कार्यक्रम हुँदै,अन्य वडामा पनि तयारी तीव्र

रिब्दीकोटमा “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” सुरु,अभिभावक शिक्षा र असल अभिभावकत्वमा जोड

तिनाउ गाउँपालिकाको सातौँ अध्यक्ष प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको  लिफ्टिङ् खानेपानी आयोजनामा समितीको चरम ढिलासुस्ती : उपभोक्ता निराश

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको वडा नं ८ मा चार वर्षअघि शुरु भएको एक खानेपानी आयोजना समितीको ढिलासुस्तीका कारण समयमै सम्पन्न हुन सकेको छैन । उक्त निर्माणधीन आयोजनाको २०७३ सालमा निर्माण तथा उपभोक्ता समिति गठन भई ०७४ देखि काम शुरु भएको हो ।

अर्घातोष ४, ५ लिफ्टिङ् खानेपानी आयोजनाको काम सम्पन्न भई धारामा पानी आउने बेला घर्किएपनि समितीले आधारभूत नीतीगत काम समेत गर्न सकेको छैन । अर्घातोष बेतारीमा बेसिक ट्याङ्की बनाई त्यहाँबाट करिब २।५ किमि उत्तरपूर्वमा कोतनजिकै वितरण ट्याङ्की निमार्ण गर्ने योजना थियो । उक्त प्रयोजनका लागि लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको समपुरक अनुदानमा ५० लाख रुपैयाँ विनियोजन भएको थियो ।

अहिले ती ठाउँमा ७५ हजार घनलिटरका दुइ ट्याङ्की निमार्ण भएका छन् तर, विद्युत्को काम बाँकी रहेको बाहाना देखाउँदै समितीले हाल बाँकी काममा रुचि देखाएको छैन । मोटर जडान गर्न र आयोजनाको समग्र विद्युत विकास तथा विस्तारका लागि भन्दै गत वर्ष गाउँपालिकाले उपलब्ध गराएको थप १३ लाख रुपैयाँ पनि खर्च भईसकेको समितीले जानकारी दिएको छ ।समितीकाअनुसार जिल्ला खानेपानी कार्यालयबाट पनि करिब २२ लाख हाराहारी रकम प्राप्त भइसकेको छ ।आयोजना शुरु गर्दा अर्घातोष साविक ४ र ५ का लागि लक्षित गरिएकोमा पछि ३ नं लाई पनि समेटेर उपभोक्ताको संख्या करिब ३०० पुर्याईएको अध्यक्ष राजेन्द्र पौडेलले बताउनुभयो ।

केमा अड्क्यो काम
बेसिक ट्याङ्की निमार्ण भएको जग्गा स्थानीय यमलाल पौडेल, सुकदेव पौडेल र हालका समिती अध्यक्ष राजेन्द्र पौडेल समेतले आयोजनालाई दिनेगरी काम गरियो । स्थानीय भन्छन्, जग्गा पास गरी आयोजनाकै नाममा जग्गाधनी प्रमाणपत्र नभएका कारण विद्युत् प्राधिकरणले मिटर दिन नमिल्ने बताएको छ । समितीका अध्यक्ष राजेन्द्र पौडेलले जग्गा हस्तान्तरणमा समस्या नभई समितीले निणर्य गर्न नसक्दा काम अघि बढाउन ढिलो भएको प्रतिक्रिया दिनुभयो ।

तपाईँ आफै अध्यक्ष भएर किन बैठक बोलाएर निर्णय गराउन नसकेको भन्ने प्रश्नमा पौडेलले भन्नुभयो । “मैले सचिव जीलाई विगत ६ महिनादेखि बैठक बोलाउँ भनेको छु,” समितीका अन्य सदस्यहरुतर्फ संकेत गर्दै अगाडि भन्नुभयो “उहाँहरु बैठक बस्ने, सहयोग गर्ने कुरामा त्यति आउनुभएको छैन । मैले मात्रै चाहेर पनि त बैठक बस्न सक्ने कुरा भएन नि ।”

कतिपय सदस्यहरु कैयौँपटक खबर गर्दासमेत बैठकमा नआउने गरेकाले पनि समस्या भएको पौडेलको गुनासो थियो । तर समितीकै कतिपय सदस्यहरुले चाहिँ अध्यक्ष निकै निष्क्रिय भएको र नियतवस काममा ढिलाई गरिरहेको आरोप लगाएका छन् ।

बैठकको सूचनाबारे समिती सदस्य रामप्रसाद खनालसँग जिज्ञासा राख्दा उहाँले अध्यक्षको भनाईको ठाडै प्रतिवाद गर्नुभयो र भन्नुभयो, “वहाँनै बैठक राख्ने संस्थागत निर्णय गर्ने कुरामा आउनुहुन्न, खाली ठेक्का र खरिदमा मात्रै आफुखुशी गर्ने अनि बिनामहत्वका विषयमा औपचारिकता पुरा गर्न बोलाउने गर्न त भएन नि ।”

स्थानीयका अनुसार ट्याङ्की बनेका छन्, पाईप आइसकेको छ, विद्युत् मोटर जडानको काम भईरहेको छ तर, समितीले कामको भ्याउ पाउन नसक्दा आयोजना लथालिङ्ग अवस्थामा छ । आयोजनाको शुरुवातमै स्थानीय चन्द्रमान श्रेष्ठको अध्यक्षतामा समिती गठन भएपनि उक्त समितीले काम गर्न नसकी हालको समिती गठन गरिएको थियो । समितीभित्रकै मतमतान्तरले गर्दा आयोजना अन्तिम चरणमा पुग्दासम्म मूहान दर्ताको प्रकृया समेत अघि बढेको छैन ।

के भन्छन् नियामक निकाय:
यसबारे वडा कार्यालय मानीपोखरामा सम्पर्क गर्दा वडाले पनि समितीलाई पटक पटक समयमै काम सम्पन्न गर्न सचेत गराएको खुलेको छ । वडाअध्यक्ष राजकुमार श्रेष्ठले भन्नुभयो “त्यहाँ हामीले पटक पटक काम छिटो गर्न भनिरहेका छौँ, मूहान दर्ताको औपचारिक प्रस्ताव आउनेबित्तिकै आवश्यक प्रक्रियाबमोजिम गाउँपालिका बाट प्रमाणपत्र जारी हुन्छ । त्यो प्रस्ताब ल्याउनुस् भनेका छौँ सायद आजभोलिमै केही आउला ।”
गत वर्षको दशैँमा नै घरघरमा पानी आउँछ भनेर वाचा गरेका वडाअध्यक्ष श्रेष्ठलाई पनि यसमा भएको ढिलाईले नैतिक समस्यामा पारेको देखिन्छ । आयोजना कहिले पुरा हुन्छ र कहिले पानी आउँछ भन्ने स्पष्ट जवाफ अझै पनि प्राप्त हुन सकेको छैन । काममा भएको ढिलाईले आमउपभोक्ता भने निराश छन् ।

सम्बन्धित खवर