पाल्पा ।
पछिल्लो २४ घण्टामा तानसेनका १८ जना सहित पाल्पाका ७५ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका १८ जना, रामपुरका २०, पूर्वखोलाका ९, रैनादेवीका २, बगनासकालीका १९, तिनाउका २ रिब्दीकोटका १ र अन्य अस्पतालका २ जना गरी ७५ जनामा कोरोना संक्रमण देखिएको हो ।
शनिवार थपिएका संक्रमितहरु अधिकांस समुदाय स्तरका रहेको बुझिएको छ । जिल्लामा थपिएका ७५ जना संक्रमितसँगै कुल संक्रमितको संख्या ९ सय ६९ पुगेको छ । पाल्पामा अहिलेसम्म ४ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने ७ सय ५० जना निको भएर घर फिर्ता भएका छन् ।



पाल्पामा अहिले कुल सक्रिय संक्रमितको संख्या २ सय १५ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।









