कात्तिक ४,काठमाडौं ।
पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।



पछिल्लो २४ घण्टामा १३ हजार ८ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१०८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
योसँगै डिस्चार्ज हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ पुगेको छ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७०२ जना संक्रमित भएका छन् ।काठमाडौंमा १४३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ ।








