
कपिलवस्तु ।
विभिन्न भाषामा गौतम बुद्धको इतिहास बताउने कपिलवस्तु नगरपालिका–६ तिलौराकोटका १३ वर्षीय राहुल सहनी सम्पर्कविहीन भएका छन्।
सोमबार बिहान ९ बजे घरबाट विद्यालय हिँडेका सहनी घर नफर्किएपछि मंगलबारदेखि प्रहरीले खोजतलास सुरु गरेको छ । तौलिहवास्थित सिद्धार्थ बोर्डिङ स्कुलमा पढ्न जाने भनी हिँडेका सहनी विद्यालयसम्म नपुगेको प्रहरीले बताएको छ।



जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका सहनी तौलिहवा भिच्छुचोकसम्म साइकलमा आएको देखिए पनि त्यसपछि कहाँ गए भन्ने थाहा नभएको बताए। प्रहरीले खोजतलासका जारी राखेको छ। बालकको भारतमा रहेका आफन्तसँग सोधपुछ गर्दा फेला नपरेपछि परिवार चिन्तित भएका छन्।
राहुलले गौतम बुद्धको राजधानी तिलौराकोट आएका पर्यटकलाई गाइडको रूपमा काम गर्ने गरेका थिए। उनले नेपाली, अंग्रेजी, चिनियाँ, हिन्दी भाषामा बुद्धको इतिहास बताउन सक्दथे।









