
काठमाडौँ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा १, उदयपुरमा १३, खोटाङमा १, झापामा ६८, ताप्लेजुङमा १, धनकुटामा ४, पाँचथरमा १५, भोजपुरमा २, मोरङमा १७२, संखुवासभामा १, सुनसरीमा १३०, धनुषामा २२, पर्सामा २, बारामा १३, महोत्तरीमा ९, रौतहटमा १२, सप्तरीमा १०, सर्लाहीमा ४, सिरहामा ८, काठमाडौँमा १५७०, काभ्रेमा ६६, चितवनमा ८८, दोलखामा १६, धादिङमा १५, नुवाकोटमा ६२, भक्तपुरमा ११९, मकवानपुरमा ४९, रसुवामा १ र रामेछापमा ९ जना कोरोना संक्रमित थपिएका छन्।



यस्तै ललितपुरमा १८९, सिन्धुपाल्चोकमा १४, सिन्धुलीमा १३, कास्कीमा १९८, गोरखामा १५, तनहुँमा २४, नवलपरासीपूर्वमा १८, पर्वतमा ३, म्याग्दीमा १५, लमजुङमा ७, बाग्लुङमा २, स्याङ्जामा २३, अर्घाखाँचीमा २७, कपिलवस्तुमा ६, गुल्मीमा २, दाङमा ८, नवलपरासीमा १०, पाल्पामा १२, प्यूठानमा ९, बर्दियामा १९, बाँकेमा ४६, रुपन्देहीमा ११०, कालिकोटमा २, जुम्लामा ४, दैलेखमा ६, रुकुमपश्चिममा ६, सुर्खेतमा २, अछाममा २, कञ्चनपुरमा १, कैलालीमा १८, डडेल्धुरामा ३, दार्चुलामा १, बझाङमा ६ र बैतडीमा ५ जनामा कोरोना पुष्टि भएको छ।
काठमाडौँ उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३० जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३४ पुगेको छ।
कोरोना संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ३ सय ७९ जना कोरोना संक्रमितको आईसीयुमा र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
मन्त्रालयका अनुसार बुधबार ३ हजार ८ सय ४४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ४४ हजार ९ सय ७८ पुगेको छ।
पछिल्लो २४ घण्टामा जनाको १३ हजार १ सय ४४ पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ रहेको छ भने १ हजार ३ सय ५ जना क्वारेन्टिनमा छन्।








