
काठमाडौं ।
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको पहिलो क्वलिफायर खेलमा आज साबिक विजेता मुम्बई र दिल्ली क्यापिटल्स भिड्दैछन्।
दुबई रंगशालामा राति पौने ८ बजे सुरु हुने खेलमा दुबै टोली फाइनल प्रवेशको उद्देश्यका साथ मैदान उत्रिनेछन्। आजको विजेता फाइनलमा प्रवेश गर्दा पराजित टोलीले भने भोलि हुने इलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायरमा भिड्नुपर्नेछ।



भोलि राति पौने ८ बजे अबुधाबी रंगशालामा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद भिड्नेछन्। यी दुई टोलीबीचको विजेता दोस्रो क्वालिफायरमा भिड्दा पराजित टोलीले भने स्वतः चौथो स्थानमा चित्त बुझाउने छ।
यसअघि मुम्बई र दिल्लीबीच लिग चरणमा भएका दुबै खेलमा मुम्बईले जित हासिल गरेको थियो। त्यसैले आजको खेलमा दिल्लीलाई थप दबाब पर्नेछ। यसअघि मुम्बईले दिल्लीलाई पहिलो खेलमा ५ विकेटले पराजित गरेको थियो। उक्त खेलमा दिल्लीले मुम्बई सामु १९६ रनको लक्ष्य पेश गरेको थियो। दोस्रो खेलमा मुम्बईले दिल्लीलाई ९ विकेटले पराजित गरेको थियो।








