
अर्घाखाँची, कार्तिक २४
अर्घाखाँची जिल्लाको सन्धिखर्क(गोरुसिङ्गे सडक खण्ड अन्तर्गतका सडकमा प्रहरीले सवारी साधनका चालक ,सह(चालक र सवार यात्रुहरुलाई दुर्घटना न्युनिकरण सम्बन्धि प्रशिक्षण दिएको छ ।सन्धिखर्क(गोरुसिङ्गे सडक खण्ड अन्तर्गतका नरपानी, सुपादेउराली, सितापुर, चाक्ला लगायत सडकमा प्रहरीले सवारी साधनका चालक ,सह(चालक र सवार यात्रुहरुलाई दुर्घटना न्युनिकरण सम्बन्धि प्रशिक्षण दिएको हो ।




चेकजाँचको क्रममा बिभिन्न सवारी साधनका चालक ,सह(चालक र सवार यात्रुहरुलाई समेत सडकमै जम्मा गरी दुर्घटना न्युनिकरण, सवारी साधन चलाउदा ध्यान दिनु पर्ने कुराहरु,सवारी साधनमा यात्रा गर्दा वा सडक प्रयोग गर्दा अपनाउनु पर्ने शाब्धानि,हाल बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ सम्बन्धि चालक सहचालक २ पटकमा ६५ जना र सवार यात्रुहरु १ पटकमा २५ जना गरी ३ पटकमा ९० जनालाई सडकमै जम्मा गरी प्रशिक्षण दिएको थियो । प्रहरीले प्रशिक्षणका साथै बिभिन्न ट्राफिक जनचेतनामुलक सन्देशहरु लेखिएका पर्चा पम्लेट समेत बितरण गरेको थियो ।









