
२४ कार्तिक २०७७, सोमबार



रुपन्देहीको जिल्लाको सियारी गाउँपालिकाले आर्थिक बर्ष २०७६र०७७ मा अति विपन्न घर परिवारको लागि सियारी आवास निर्माण कार्यक्रम अन्तर्गत गाउँपालिकाद्वारा निर्मित ११ वटा घर हस्तान्तरण गरेको छ। घर नभै भाडामा बसेका ,खरको छाप्रोमा दुख झेलेका अति विपन्न ११ घर परिवारलाई गाउँपालिकाले आवास निर्माण कार्यक्रम अन्तर्गत प्रत्येक घर ४र ४ लाख रुपैयामा निर्माण गरि हस्तान्तरण गरेको हो । घर बनाउन नसकेका अति विपन्न घर परिवारको लागि सियारी गाउँपालिकाले आवास निर्माण कार्यक्रम अन्तर्गत घर निर्माण गरि हस्तान्तरण गरिएको सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारूले बताउनु भयो।साथै उहाले बाटो घाटोमा बसोबास गरेका एक धुर पनि जग्गा नभएका घर परिवारलाई गाउँपालिकाले गाउँपालिकाको सार्वजनिक जग्गामा बसोबासको लागि व्यवस्था गरिने बताउनु भयो।राज्यमा खान ,बस्न पाउने सबैको हक अधिकार भएकोले खरको छाप्रो बनाएका घरलाई व्यवस्थापन गर्ने गाउपालिकाको नीति रहेको अध्यक्ष अयोध्या थारुले बताउनु भयो ।सियारी गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले गाउँपालिका भित्र रहेका घरवार विहिन सम्पूर्ण घर परिवारलाई घर बनाइदिने गाउपालिकाको नीति भएकोले आवास निर्माण कार्यक्रमलाइ निरंतरता दिइने बताउनु भयो ।गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराईले घर नभएका ,भाडामा बसेका ,खरको छानो भएको ,घर बनाउन नसक्ने , वडाले सिफारिस गरेका अति विपन्न परिवारलाई गाउँपालिका आर्थिक वर्ष २०७६र०७७ को बजेट बाट घर निर्माण गरि हस्तान्तरण गरिएको र यो आर्थिक बर्षमा घर निर्माणको लागि बजेट छुटाइएको बताउनु भयो।सियारी गाउँपालिकाले आइतबार वडा नम्बर १ मा २ घरपरिवार , वडा नम्बर ४ मा २ घरपरिवार , वडा नम्बर ५ मा २ घर परिवार ,वाड नम्बर ६ मा २ घर परिवार र वडा नम्बर ७ मा ३ घर परिवारको लागि गाउँपालिकाद्वारा नव निर्मित घर हस्तान्तरण गरेको थियोे ।कार्यक्रममा जनप्रतिनिधि ,समाजसेवी एव गाउँ पालिका कर्मचारीको सहभागिता रहेकोे थियोे ।









