
दिपक भट्टराई,२४ कार्तिक पाल्पा
नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य ,किशोरी गर्भावस्था तथा सुरक्षित गर्भपतन ,भेदभाव र लाञ्छना न्यूनिकरण सम्बन्धी अभिमुखी करण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा क्रियाशील सामुदायिक परामर्श दाता र साथी शिक्षकहरुको उपस्थित रहेको थियो। शाखा प्रबन्धक सोबा कान्त न्यौपाने ले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पर्नुका साथै कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो ।
नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका सामुदायिक परामर्श दाता तथा साथी शिक्षकहरुलाई लक्षित गरि अभिमुखी करण कार्यक्रम गरिएको हो ।
कार्यक्रम नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका शाखा प्रबन्धक शोवा कान्त न्यौपाने र UNFPA परियोजनाकी संयोजक सान्तोना कार्कीको प्रशिक्षणमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रम शाखाका युवा संयोजक मिलन खड्काको अध्यक्षता, नेपाल परिवार नियोजन संघ केन्द्रीय युवा संयोजक माला न्यौपानेको प्रमुख आतिथ्य ,पकाड प्रोजेक्टको युथ च्याम्पीयन रेश्ना श्रेष्ठको स्वागतमा संचानल भएको हो । कार्यक्रममा पुर्वकार्य समिति सदस्य लेलिम थापा र सुरक्षा गिरी ले आ-आफ्नो धारणा राख्नु भएको थियो भने UNFPA परियोजनाकी संयोजक सान्तोना कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो ।












