
पाल्पा ,कार्तिक २५, २०७७



जिल्ला प्रशासनले कार्यालय पाल्पा ले यो वर्ष तिहारमा देउसी,भैलो खेल्न नपाइने जनाएको छ । कोभिड—१९ संक्रमणको जोखिमका कारण यो वर्ष देउसी भैलो खेल्न नपाइने भएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाले संक्रमणको जोखिम कायमै रहेकाले देउसी, भैलो नखेल्न सबैमा आग्रह गरेको छ ।
चाडपर्वका बेला सामाजिक विकृतिका रुपमा रहेको जुवातास खेल्न पटका नपढकाऊन समेत प्रशासनले आग्रह गरेको छ ।
प्रशासनले मंगलबार एक सूचना जारी गर्दै संक्रमण बढ्दै गएकाले घरमै बसेर रमाइलोका साथ परिवारमा पर्व मनाउन अनुरोध गरेको हो ।
प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेद्वारा जारी गरिएको सूचनामा भुइचम्पा र पटका पड्काउने, आतासबाजी गर्ने जस्ता कार्यहरुबाट जनस्वास्थ्य तथा शान्ति सुरक्षामा असर पर्न जाने हुँदा त्यस्ता विष्फोटक तथा प्रज्वलनशिल पदार्थहरुको खरिद, विक्री वितरण, ओसारपसार तथा प्रयोग नगर्न नगराउनुहुन उल्लेख गरिएको छ ।










