
दिपक भट्टराई , अर्घाखाँची



अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड न ७ अड्गुरीमा रहेको गणतान्त्रिक सृजनशिल युबा क्लबले माध्यमिक तहका बिद्यार्थीहरुलाइ लक्षित गरि मानसिक स्वास्थ्य र कोरोनाबाट उब्जाएको मनोत्रासबाट बच्ने उपायबारे प्रशिक्षण कार्यक्रम पाणिनी ८ पालीमा रहेको कमला माध्यमिक बिधालयमा सम्पन गरेको छ । क्लबका अध्यक्ष सन्दिप पोख्रेल अध्यक्षयता उपाध्यक्ष प्रकाश प्युठानिको स्वागत मन्तब्य रहेको कार्यक्रममा कमला माध्यमिक बिधालयका प्रधानाध्यापक गोविन्दराज पन्थी प्रमुख अथिती रहनुभएको थियो ।कार्यक्रममा क्लबका कोषाध्यक्ष हिम्मत कार्की सदस्य कमल घर्ती लगायतले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रममा प्रशिक्षण अनिल पौडेलले दिनुभएको थियो।
माध्यमिक तहका बिद्यार्थी तथा शिक्षकहरूको उपस्थिति रहेको कार्यक्रममा मानसिक रोग बाट उत्पति हुने कारण र यसबाट बच्ने उपायका बारेमा पनि विद्यार्थीलाई सचेत हुन आग्रह गरिएको थियो । बड्दो आत्महत्या न्यूनीकरण गर्न मानसिक स्वास्थ राम्रो हुनु पर्नेमा प्रशिक्षकको जोड रहेको थियो।
गरिबी, बेरोजगारी र अमानवीय ब्याबहार नै मानसिक समस्या र आत्महत्याको प्रमुख कारण भएकोले ब्यस्तता र मानवीयताको बिषयमा सचेत रहन प्रशिशक अनिल पौडेलले आग्रह गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोविन्दराज पन्थीले क्लबको भूमिकाबारे कदर गर्नुभएको थियो अध्यक्ष सन्दिप पोख्रेलले तुरुन्तै गरिने निर्णयले कहिलेकाही ठूलो क्षति हुनेसक्ने प्रती सचेत रहन आग्रह गर्नुभएको थियो । विभिन्न सामाजिक क्रियाकलाप गर्दै आइरहेको गणतान्त्रिक सृजनशिल युबा क्लबले भोलिको कार्यक्रम पाणिनी गाउँ पालिका को हरिहर माध्यमिक बिधालय प्रोराथोकमा गर्ने क्लबका अध्यक्ष सन्दिप पोख्रेलले जानकारी दिनु भयो ।









