
काठमाडौँ ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ भने हालसम्म १ हजार १ सय ८९ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन्।
यस्तै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ पुगेको छ भने बिहीबार मात्रै २ हजार ३ सय ४९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।



स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उदयपुरमा ४, ओखलढुङगामा ३, झापामा ४९, ताप्लेजुङमा २, तेह्रथुममा १, धनकुटाका ३, भोजपुरका १, मोरङका ५७, सुनसरीमा ३९ र सोलुखुम्बुका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यसैगरी धनुषामा १४, पर्सामा १२, बारामा ४, महोत्तरीमा ५, रौतहटमा ५, सप्तरीमा ६, सर्लाहीमा ८, सिरहामा १६, काठमाडौँमा ७ सय ६४, काभ्रेमा ५०, चितवनमा ३९, दोलखामा १४, धादिङमा ११, नुवाकोटमा १८ र भक्तपुरमा ८३ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै मकवानपुरमा २६, रसुवामा १, रामेछापमा ३, ललितपुरमा १२६, सिन्धुपाल्चोकमा ९, सिन्धुलीमा ५, कास्कीमा ७१, गोरखामा १२, तनहुँमा ५२, नवलपरासी पूर्वमा ८, पर्वतमा ५, मुस्ताङमा ३, लमजुङमा १२, बागलुङमा १०, स्याङ्जामा २०, अर्घाखाँचीमा २, कपिलवस्तुमा ४, गुल्मीमा १९, दाङमा ५१, नवलपरासीमा १३, पाल्पामा १७, प्यूठानमा ६, बर्दियामा २१, बाँकेमा ४४ र रुपन्देहीमा ५६ जनामा संक्रमण पुष्टी भएको छ।
रोल्पामा २, जुम्लामा १, दैलेखमा ४, रुकुम पश्चिममा ५, सल्यानमा ४, सुर्खेतमा ३, हुम्लामा १, अछाममा २, कञ्चनपुरमा १४, कैलालीमा ५०, डडेल्धुरामा ८, डोटीमा १, बझाङमा ९, बाजुरामा २ र बैतडीमा २ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै देशभर संक्रिय संक्रमितको संख्या ३ लाख ८ हजार ४६१ जना रहेका छन् भने पछिल्7लो २३ घण्टामा १५ जनाले ज्यान गुमाइसकेका छन्।
यस्तै बिहीबार थपिएका कोरोना संक्रमितमध्ये आधा काठमाडौँ उपत्यकाभित्र रहेका छन्। पछिल्लो २४ घण्टामा काठमाडौँका ७६४, भक्तपुरका ८३ तथा ललितपुरका १२६ जनामा संक्रमण पुष्टि भएको हो।
बिहिबार देशभर १ हजार ९ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। यसअघि बुधबार २ हजार ५ सय ६९ जना कोरोना संक्रमित थपिएका थिए।








