
दिपक भट्टराई,कात्तिक २७



भारतको नयाँ दिल्लीवाट सुनौली आउँदै गरेको नेपालीहरु चढेको कार दुर्घटनामा भएको छ । दुर्घटना भारतको आग्रामा भएको हो । मंगलबार राति आग्रा एक्सप्रेसमा नेपाली चढेको कार ट्रकसँग ठक्कर खाएको थियो । दुर्घटनामा ३ जनाको निधन भएको हो ।निधन भएका एक जनाको मात्र पहिचान खुलेको छ भने अन्य दुई जनाको पहिचान अझै खुल्न सकेको छैन । दुर्घटनामा परि दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा निधन भएको दिल्लीमा रहेको नमस्ते सुपा देउराली टुरका सञ्चालक दिल खत्रीले जानकारी दिएका हुन् ।
सात जना सवार उक्त कारमा रहेका अन्य चार जना भने घाइते भएको र धाइतेमध्ये दुई जनाको दिल्ली र दुई जनाको भारत आग्रा को स्थानीय कृष्ण अस्पतालमा उपचार भइरहेको छ । घाईते मध्ये एक जनाको अवस्था गम्भिर रहेको खत्रीले जानकारी दिए। दुर्घटनामा परेका सबै नेपाली हरु भाई टिका अथात तिहार मनाउन नेपाल आएका हुन् ।








