
दिपक भट्टराई ,पाणिनी अर्घाखाँची कार्तिक २७ ,



अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वार्ड न ८ पालीमा जन्मका श्रीधर पाण्डे २२ वर्षको उमेरमै श्रीमद्भागवत महापुराण कथा वाचक ज्योतिष बन्नु भएको छ । कमला माध्यमिक विद्यालय पालीबाट S.L.C पास गरि भारतको वृन्दावन मा गएर भगवान श्री राधाकृष्ण ,गुरुदेव सन्त महात्मा को सेवा गर्दै र उहाबाट दिव्य ज्ञान लिदै भोका लाई भोजन,प्यासि लाई पानी पिलाउदै गौमाता को सेवा गर्दै उहाले धेरै शास्त्र हरुको अध्यान गर्नु भएको छ । उहाँ अहिले २२ वर्ष हुनु भयो सानै उमेरमै नेपाल लगायत भारतका बिभिन्न ठाउँमा श्रीमद्भागवत महापुराण कथा मार्फत धेरै लाई ज्ञान दिदै आउनु भएको छ।ऊहाँको कथा वाचन गर्ने शैलीले भक्तजन लाई मोहित बनाउने मात्रै होइन कथा मार्फत सबैको मन जित्ने पनि गरेको पाइएको छ । कलिलो उमेर , हसिलो मुहार,भजन संगीत ,तथा कथा भन्ने सुन्दर शैली ले गर्दा श्रीमद्भागवत कथा महापुराण वाचकमा सबै को मन जित्नु भएको जानकार हरुको भनाई रहेको छ उहाँले भन्नु हुन्छ मानिसले बाच्न का लागि खाने हो खानका लागि बाच्ने होइन । यस्तै सत्य वचन हरुले मानिसको जीवन नै परिवर्तन गरिदिएको छ र जीवन सत्य मय भईरहेको छ उहाको कथा वाचन बाट युवा युवती धेरै प्रभावित भएको पाइन्छ ।ऊहाँ अहिले भिभिन्न धार्मिक कार्यक्रम मा सरिक हुदै आउनु भएको छ । भने दिप टेलिभिजन बाट श्रीमद्भागवत कथा महापुराण वाचन पनि गर्दै आउनु भएको छ । केहि राम्रो उदेश्य लिएर धार्मिक कार्यक्रम गर्न खोज्ने हरुलाई आफुले सहयोग गर्ने कथा वाचक तथा ज्योतिष श्रीधर पाण्डेले सुपादेऊराली खबर लाई बताउनु भयो ।पछिल्लो समयमा धार्मिक क्षेत्र आएको बिक्रितिले आफु लाई ढुख लागेको बताउदै सबै मिलेर यसको जगेर्ना गर्नु पर्ने मा उहाको जोड रहेको छ । साथै उहाले चिना हेर्ने श्रीमद्भागवत महापुराण कथा वाचन, गिता वाचन,अनि ज्योतिष सेवा को काम समेत गर्नूहुन्छ ।










