
२८ कार्तिक २०७७ ,
गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर–२ मजुवाबाट हटियातर्फ जाँदै गरेको लु १ च ४७११ नम्बरको जीप दुर्घटना हुँदा चालक खेम गाहामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक एसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए ।दुर्घटनामा घाइते भएकाहरुमध्ये ३ जनाको अवस्था गम्भीर छ । अन्य २ जना मध्यम र २ जना सामान्य घाइते छन् । घाइतेहरुको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । दुर्घटनामा अन्य तीन जना गम्भीर सहित पाँच जना घाइते भएका छन् भने २ जना सामान्य उपचार पछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मजुवाबाट हटिया जाँदै गरेको लु १ च ७४११ नम्बरको जिप गुल्मी दरबार गाउँपालिका २ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गम्भीर घाइते हरु मा गुल्मी दरबार गाउँपालिका २ का धन बहादुर गाहा, ३० वर्षीय प्रेम पल्ली , ३५ वर्षीय श्री रास्कोटीको अवस्था गम्भीर रहेको रहेको छभने १६ वर्षीय अनिस पाल्पाली र २३ वर्षीय भिम गाहाको अवस्था मध्यम रहेको गुल्मी प्रहरीले जनाएको छ ।
जिप बिहिवार राती करिब ११ः३० तिर अनियन्त्रित भई सडकभन्दा करिब ३५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।












