
दिपक भट्टराई पाल्पा, कार्तिक २८
पाल्पाको रिब्दीकोट गाउँपालिकामा कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका पुरुषको आफन्त तथा इस्टमित्रले हिन्दु परम्परा अनुसारनै दाहास्कार गरेका छन् ।नेपाली कांग्रेस रिब्दिकोट गा पा वाड न २ का पूर्व सभापति राम प्रसाद पाण्डेको कोरोना सङ्क्रमणबाट ज्यान गएको हो । रिब्दीकोट गाउँपालिकाले उनको केहि दिन पहिले स्वाब संकलन गरि परिक्षणका लागी पठाएको थियो रिपोट पोजेटिभ देखिएपछि उनि होम आइसोलेसन बसेका थिए । पाल्पामा कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका हरुको अन्य ठाउँमा आफन्तहरुले दाहास्कार गरेका छैनन् यसरि कोरोना सङ्क्रमणबाट ज्यान गुमाएकाको दाहास्कार गरिएको पाल्पामा यो पहिलो हो । आफन्तको कोरोना बाट मृत्यु भएमा सुरक्षित तथा स्वास्थ्य को मापदण्ड अपनाएर दाहास्कार गर्न सकिने रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जी ।सी ले बताउनु भयो । आफन्तलेनै शबको दाहास्कार गर्न चाहेमा कसलैलाई दुख नहुने र खर्च पनि कम् हुने हुदा अन्य ठाउँमा पनि यो चलन चलाऊनु पर्ने अध्यक्षले बताउनु भयो । रिब्दीकोट गाउँपालिकाका भित्र कोरोना सङ्क्रमणबाट ज्यान गएकाको पालिका को स्वास्थ्य शाखा ,जनप्रतिनिधि पाटिप्रतिनिधि तथा सि।सी यम्मसी सुरक्षानिकाय र स्थानीय छलफल बाट मृतकको शब छोरा लाई जिम्मा लगाएको हो । दुरी कायम गरि दाहास्कार गरेर सब व्यवस्थापन मा खटीएका होम आइसोलेसन बस्ने सर्तमा घरपरिवार लाई जिम्मा दिएको स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताउनुभयो । रिब्दीकोट गाउँपालिकाले कोभिड नियन्त्रणको लागि बिभिन्न स्वास्थ्य सामग्री पनि सबै वार्ड वितरण गरेको छ । गाउँ पालिकाले कोरोना नियन्त्रणकका लागी पि.सि.आर. परिक्षणको दायरा पनि बढाएको छ ।












