
मंसिर ८,काठमाडौं।



नेपालमा पछिल्लो २४ घण्टामा १९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९८० जनामा कोरोना संक्रमण पुष्टि हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार ३८१ जनाको पीसीआर परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ४३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।
देशभर १८ हजार ८८४ कोरोना सक्रिय संक्रमित छन् । नेपालमा कोरोनाबाट १३ सय ३७ जनाको मृत्यु भएको छ । सोमबार मात्रै १६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।








