
मंसिर ८,बुटवल ।
रगतको अभाव हुन नदिन बुटवलमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । लायन्स क्लब अफ बुटवल मुक्तिनाथको आयोजनामा रक्तसंचार केन्द्र बुटवलमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । सोमबार भएको रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत संकलन भएको रक्तसंचार केन्द्र बुटवलले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि योगेश घिमिरे, जोन चेयरपर्सन गणेश प्रसाद भट्टराई, पुर्व अध्यक्ष लक्ष्मण रेग्मी,रिखिराम भट्टराई लगायतले बोल्दै रगतको अभाव भैरहेको समयमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा लायन्स क्लब अफ बुटवल मुक्तिनाथको प्रसंसा गरेका थिए ।



कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले कोरोना भाइरसको जोखिमको समयमा पनि लायन्स क्लब अफ बुटवल मुक्तिनाथले यसबाहेक धेरै सामाजिक कार्य गरेको भन्दै क्लबको प्रंशसा गरे ।

लायन्स क्लब अफ बुटवल मुक्तिनाथका टेल टुइस्टर लायन विस्वास घिमिरेको संयोजकत्व तथा स्वागत,सचिब गोबिन्द बन्जाडेको संचालन तथा क्लबका अध्यक्ष सुरेशचन्द्र भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सो कार्यक्रम सम्पन्न गर्न आवस्यक खर्च क्लबका सचिब गोबिन्द बन्जाडेले सौजन्य गर्नु भएको थियो ।









