
मंसिर ९ ,काठमाडौं-



प्रतिबन्धित नेकपा माओवादी विप्लव समूहको नाममा चन्दा आतंक बढ्न थालेको छ । कोरोनाका कारण केही कम भएको मानिएको चन्दा आतंक आर्थिक गतिविधि सुरु भएसँगै फेरी बढ्न थालेको हो । विप्लव समूहसहित सो समूहको नाममा चन्दा माग्ने क्रम बढेको र त्यस्ता उजुरी स्थानीय प्रसासनमा आउन थालेको गृह मन्त्रालयले जनाएको हो ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जनप्रतिनिधि, निर्माण व्यवसायी र केही कर्मचारीबाट त्यस्ता स्थानीय प्रसासनमार्फत गुनासो आएको जानकारी प्राप्त भएको र त्यस्ता कानुनद्वारा बर्जित मानिएको गतिविधि गर्ने बिरुद्ध कडा निगरानी र कारबाही गर्न निर्देशन गरिएको बताउनु भयो ।








