
दिपक भट्टाईले,मंसिर १२ पाल्पा
प्रत्येक बर्ष नोबेम्बर २५ देखी डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय अभियानको रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरी लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान विश्वभर मनाउने गरिएको सन्दर्भमा पूर्वखोला गाउँपालिका पाल्पाले पनि लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्दता,व्यक्ति,समाज र सबैको ऐक्यवद्दता भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान आज बाट सुरु गरेको छ । आज गाउँपालिको वडा न ३ मा गाउँ पालिकाकि उपाध्यक्ष भागीरथि शर्मा भट्टाईले दिप प्रज्वलन गरी कार्यक्रमको सुरुवात गर्नु भएको हो । नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म चल्ने यो अभियान गाउँपालिकाले वडा गत रुपमा विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।
कार्यक्रमहरु बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु ले समाजमा हिंसा विभिन्न बहानामा वा धेरै तरिकाले महिला र पुरुषमाथि समेत हुने गरेकाले हिंसा लुकाउनु र लुक्नु नै मुख्य समस्या रहेको बताउनुभयो । कतिपय हिंसा सहेर बस्ने गलत प्रबृत्ति बिगतमा भएकोमा स्थानिय तहमा नै न्यायिक समिती र जनप्रतिनिधि भएपछि सामान्य देखि जटिल प्रकृतिका हिंसाजन्य घटना पालिकामा आउने गरेको बताउदै यसको न्युनिकरण गरि उचित व्यबस्थापनमा सबै लाग्नुपर्नेमा कुराम जोडदिनुभयो ।कार्यक्रमको अध्यक्ष तथा गाउँपालिका कि उपाध्यक्ष भागीरथि शर्मा भट्टाईले लैङ्गिक हिंसा विरुद्धको अभियान व्यवहारिक हुनुपर्ने बताउनुभयो । साथै उहाँले लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान कार्यक्रम संचालन र न्यायिक समितिमा नियमित आउने घटना तथा पिडित, उद्दार गर्नुपर्ने कुरामा जोडदिनु भयो । कार्यक्रममा वडा सचिब गोमा पाण्डे , पत्रकार दिपक भट्टराई,सुआहरा प्रतिनिधि सागर हिस्की ले लैङ्गिक हिम्सा सम्बन्धि आफ्नो- आफ्नो विचार राख्नु भएको थियो । कार्यक्रममा महिला बिकास तथा बालबालिका शाखा कि कान्ति सुदाली को संचालन मा सम्पन्न भएको थियो ।












