
मंसिर १४,काठमाडौं ।
पछिल्लो २४ घण्टामा १२५५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२५५ जना संक्रमित थपिएका हुन् ।
यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ ।



पछिल्लो २४ घण्टामा १४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ ।
देशभर १७९०९ जना सक्रिय संक्रमित रहेका छन् ।पछिल्लो २४ घण्टामा ८ हजार ८ जनाको पिसिआर परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या १४७९ पुगेको छ ।









