
काठमाडौं ।
रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिने भएका छन् । प्रसाईंले कालीकोट महाबै गाउँपालिका–४ की नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् ।
आफ्नो विवाह मंसिर २२ गते धरानबाट हुने तय भएको प्रसाईंले जानकारी दिए । दृष्टिविहिन प्रसाईं आफ्नो वाककलाका कारण चिनिएका छन् ।



नन्दा पनि दृष्टिविहीन नै हुन् । नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ ।
३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । रमेशले बिबाहको प्रस्ताव राखेका थिए ।








