
बुटवल ।
बुटवलको हस्पिटललाइनमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । ट्रकले स्कुटरलाई ठक्कर दिएको हो ।
चौराहाबाट पुष्पलालपार्कतर्फ जाँदै गरेको ना ७ ख १३३९ नम्बरको ट्रक (लहरी)ले सोही दिशातर्फ गुडिरहेको लु ४९ प २०५ नम्बरको स्कुटरलाई लुम्बिनी प्रादेशिक अस्पतालको मूलगेट अगाडि ठक्कर दिदाँ स्कुटर चालक बुटवल उपमहानगरपालिका ८ का ४९ वर्षीय भरत शर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतीत सिह राठोरले जानकारी दिए ।शर्माको घटना स्थलमा नै मृत्यु भएको हो ।
ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् ।












