
बुटवल ।
रुपन्देहीको देवदहमा बस दुर्घटना हुँदा १५ जना घाईते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत देवदह–१० चरङ्गे चोकमा बिहीबार दिउँसो बस दुर्घटना हुँदा १५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।



दाङ्गबाट नारायणगढतर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ ख ००५९ नम्बरको बस बिहिबार दिउँसो अनियनिन्त्रित भई सडक छेउमा पल्टेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाईते हुनेहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाईएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।









