
दिपक भट्टराई,मंसिर २२



रिब्दीकोट गाउँपालिका पाल्पा ले योजना कार्यान्वयन सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका भित्र उपभोक्रा मार्फत संचालन हुने योजनाहरु कार्यान्वयन हुने विषयमा २ दिने अन्तरक्रिया गरिएको हो । कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालय लुम्बिनी प्रदृेशका सचिव बाबुराम अधिकारीले गाउँपालिका भित्रका सबै वडाका योजनाहरुको कार्यान्वयनको अवस्था बारे जानकारी लिनुभएको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नारायणबहादुर जि.सी.ले गाउँपालिकाको आवश्यक योजनाहरु र प्रदेश मन्त्रालयको भुमिकाको विषयका बारेमा जानकारी गराउनु भएको थियो । साथै उहाँले यस्ता कार्यक्रमले गाउँपालिकाको योजना सन्चांलमा एकरुपता आउने समेत बताउनु भयो । जि.सी.ले स्थानिय तहमा संचालनाम भएका योजनाहरुको प्रभावकारी कार्यान्वयका लागि कार्यक्रम फलदायि हुने विश्वास व्यक्र गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष,विषयगत समितिका संयोजक ,वडा सचिव र गाउँपालिकाका प्रविधिक एवम अन्य कर्मचारीहररुको सहभागीता रहेको अन्तरक्रिया कार्यक्रमको सहजिकरण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकूत प्रेमचन्द्र अर्यालले गर्नुभएको थियो ।सहजिकण गदै प्रमुख प्रशासकिय अधिकूत अर्यालले अब वडा र पालिका स्तरिय योजना संचालमा सर्हजता आउने हुनाले गाउँपालिकाको कामको प्रभाव रहने धारण समेत राख्नुभएको थियो ।









