
दिपक भट्टराई, अर्घाखाँची।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर – ६ सुपादेउराली मन्दिर नजिकैको भिर बाट लडेर एक जना युवाको ज्याुन गएको छ। मृुत्यु हुनेमा जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर – ७ साविकको को अड्गुरी निवासी १९ बर्षिय अनिल आचार्य रहेका छन्।आचार्य सुन्तला बेच्नको लागि सुपादेउराली मन्दिर पुगेको प्रहरी स्रोतले जनाएको छ।
आचार्य सडकको छेउमा उभिएर तल सुपाखोला तर्फ हेर्ने क्रममा रिगंटा लागेर एक्कासि भिरबाट लड्न पुगेको हुन् सक्ने स्थानीय र प्रहरी स्रोतको अनुमान रहेको छ।
आचार्य हिँजो देखि बेपता रहेको आफन्तले जनाएका छन्। बेपता रहेका आचार्यको आज घरपरिवार र आफन्तजनले खोजतलास गर्ने क्रममा आज दिउँसो करिब १र २ बजेको समयमा सुपाखोलामा मृत भेटिएका थिए।
मृतक आचार्यको शवलाइ अर्घाखाँची जिल्ला अस्पतालमा पोस्टमार्टम गरिसकेपछि अन्तिम दाहसंस्कारका लागि आफन्तलाइ बुझाईएको प्रहरी स्रोतले जनाएको छ।












