
दिपक भट्टराई मंसिर २२ ,
कोरोनाका कारण बन्द भएका पाल्पा का शैक्षिक संस्थाहरु खुलेका छन् । कोरोनाले शिक्षण संस्था बन्द हुदा शैक्षिक तालिकानै प्रभावित भएको भन्दै संघीय सरकारले विधालय चलाउन अनुमति दिए संगै पाल्पाका विधालय हरु खुल्न थालेका हुन ।शिक्षा मन्त्रालयले विधालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ जारी गरि मापदण्ड पुरा गरी विधालय खोल्न स्थानिय तहलाई अनुमति दिएसंगै ८ महिना देखि बन्द भएका विधालयमा पठन पाठन सुरु भएको हो ।
कोभिड १९ को त्रासका कारण गत चैत्रमहिना देखि विधालय बन्द रहेका थिए ।पाल्पा मा पनि तोकिएको सुरक्षा मापदण्ड पुरा गरी विधालय सञ्चालन गर्न थालिएको पाल्पा का सरोकारवालाले बताएका छन् ।जिल्लाका ग्रमिण भेगमा भने तिहार,छठ पर्व लगतै विधालयमा भौतिक दुरी कायम गरी पठन पाठन सुरु गरीएको थियो,भने तानसेन नगर पालिकामा भने मंसीर २१ गतेबाट औपचारीक रुपमा भौतिक दुरी कायम गरी पठन पाठन सुरु गरीएको छ ।
तानसेनका सरकारी तथा निजी विधालयहरुले कक्षा १ देखि ४ सम्म एउटा सिफ्ट ,कक्षा ५ देखि ७ सम्म एउटा सिफ्ट र कक्षा ८ देखि १० सम्म एउटा सिफ्ट बनाएर पठन पाठनको व्यवस्था सुरु गरेका छन् ।साथै विधालयमा भिड भाड नहोस भनी जोर गते जोर कक्षा र विजोर गते विजोर कक्षा संचालन गरेको जनता नमुना माध्यमिक विधालयका प्रधानाध्यापक गणेश ज्ञवालीले बताउनु भयो । बालबालीकालाई कोभिड संक्रमण नहोस भनी पिटी प्रर्दशन प्राथना ,साथीभाई संग अंकमाल गर्ने हात मिलाउने कार्यमा भने रोक लगाईएको छ ।विघार्थीहरुलाई गेटमा चेकजाँच गरेर मात्र विधालय प्रवेश दिइने,अनिवार्य माक्स को प्रयोग गर्न हातमा पञ्जा हुनुपर्ने जस्ता प्रावधान अनिवार्य गरिएको छ












