
पाणिनी गाउँपालिका वडा नम्बर २ र ३ पोखराथोकमा डिजिटल प्रबिधिबाट नाप नक्सा गरिएको जग्गाधनी प्रमाणपत्र पुर्जा वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेको प्रमुख आतिथयतामा सम्पन्न भएको थियो ।सदस्य घिमिरेले देशमा विभिन्न किसिमका आन्दोलन भई मुलुक समृद्धिको युगमा प्रबेश गरेको बताउदै राज्यले नै समृद्धिको युगलाई आत्मसाथ गरी अगाडि बढेको बताउनुभयो ।उहाँले आन्दोलनको बलमा देशमा लोकतन्त्र, गणतन्त्र आएको बताउनुभयो । घिमिरेले पाणिनीको विकासका लागि कुनै किसिमका कसर बाँकी नराख्ने बताउदै चालू आवमा मात्र २२ करोड २४ लाख बजेट पारेको, ५ ओटा सडक बहुबर्षे योजनाका साथ अगाडि बढाउने, शिक्षा स्वास्थ कृषिमा पनि विशेष किसिमको योजना ल्याई अगाडि बढ्ने बताउनुभयो ।पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमले सबै राजनीति दलले जनताको भावनालाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने बताउदै सरकारी प्रशासनमा पहुँचवालाको मात्र काम हुने तर सर्बसाधारण काम नहुने बताउनुभयो । प्रमुख जिल्ला अघिकारी बिष्णु पौडेले सेबाप्रदाय निकाय जिम्मेवार हुनुपर्ने बताउनुभयो । वडा नं. ३ का अध्यक्ष देवीबहादुर क्षेत्री, वडा नं. २ का अघ्यक्ष नेत्र प्रसाद भट्टराई लगायतका वक्ताले सेवा प्रदायक निकायले महत्वपूर्ण काम गरेको बताएका थिए ।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम स्थानीय राजनीतिक दलका प्रतिनिधि, पत्रकार महासंघका जिल्ला सहसचिव अनिल नेपाली लगायतको सहभागिता रहेको थियो ।
खिदिममा १ हजार २ सय ३२ र पोखराथोकमा १ हजार २८ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको विशेष नापी कार्यालयका प्रमुख खिम रानाले जानकारी दिनुभयो । विशेष नापिका कार्यालय प्रमुख खिम रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।












