
मंसिर २३,काठमाडौं ।
श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयले बेरोजगारको लगत संकलन गर्न ७ वटै प्रदेशमा श्रमीक सुचना बैंक स्थापनाको तयारी गरेको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा ७ वटै प्रदेशमा श्रमीक सुचना बैंक स्थापना गरि बैंक मार्फत बेरोजगार नागरिकलाई रोजगारीमा जोड्ने कार्यक्रम घोषणा गरेको थियो ।



यसै अनुसार चालु आर्थिक वर्ष भित्रै सक्ने गरि ७ वटै प्रदेशमा श्रमीक सुचना बैंक स्थापना गर्ने श्रम मन्त्रालयले तयारी थालेको हो ।सो केन्द्र मार्फत बेरोजगार नागरिकलाई रोजगारीका लागि तालिम समेत दिइने मन्त्रालयले जनाएको छ ।
विभिन्न औपचारीक तथा अनौपचारीक क्षेत्रमा रहेका सिपयुक्त र सिप नभएका श्रमीकलाई एकत्रित तथा वैदेशिक रोजगारीमा रहेका नागरिकलाई समेत समेट्ने गरि मन्त्रालयले तयारी थालेको श्रम मन्त्री रामेश्वर राय यादवले जानकारी दिनुभयो ।
श्रमीक सुचना बैंकमा दर्ता भएका श्रमीकलाई पनि सामाजीक सुरक्षा कोषको दायरामा ल्याईने मन्त्री यादवले बताउनुभयो । श्रम मन्त्री यादवले १ वर्षे कार्यकालको अवधिमा विभिन्न कार्यक्रम तय गरेपनि कोरोनाका कारण पूरा हुन नसकेको बताउनुभयो








