
पाल्पा, मंसिर २६
बगनाँसकाली ७ दैलातुङ्ग, पाल्पाको गोरेटो कृषि सहकारी संस्थाले ६० रोपनी जग्गामा १ सय २० बोरा आलु रोपेको छ । वडा कार्यालवको समन्वय र कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा दैलातुङ्ग फाँटमा सहकारी मार्फत भाडामा जग्गा लिएर सहकारीका सदस्यहरुले आलु रोपेको सहकारीका अध्यक्ष गिर बहादुर सारुले जानकारी दिनुभयो ।झण्डै ७ लाखको योजना अनुसार काम भैरहेकोमा हुन आउँने खर्चमध्ये ५० प्रतिशत कृषि ज्ञान केन्द्र र बाँकी ५० प्रतिशत सहकारीले बेहोर्ने सहकारीले जनाएको छ ।पछिल्लो समय स्थानीय आलुको माग संगै मूल्य पनि बढ्दै गएपछि आलु रोपाईमा कृषकहरुको आकर्षण बढेको स्थानीय रमेश खलालले बताउनुभयो ।












