
पाल्पा ।
पाल्पाको प्रभासमा तिनाउ मिसन डेभपलमेन्ट बैंकको शाखा कार्यालय सञ्चालनमा आएको छ । तानसेन नगरपालिका–७ प्रभासमा स्थापना भएको ५४ औं शाखाको बैंकका अध्यक्ष जीवनप्रसाद वझाले उद्घाटन गरेका छन् ।
शाखा उद्घाटनका अवसरमा बैंकले स्थानीय सरकारी विद्यालयका ६ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई नगद तथा स्टेशनरी सामान प्रदान गरेको छ भने ९१ वर्षिय जेष्ठ नागरिक मेदनी बल्लभलाई नगद र दोसल्लासहित सम्मान गरेको छ । शाखा कार्यालय उद्घाटन गर्दै बैंकका अध्यक्ष वझाले बैंकबाट कर्जा लिएर उद्यम गरी आयआर्जन गर्न र वचत गरेर जुनसुकै माध्यमबाट बैंकबाट लाभ लिन स्थानीयबासीलाई आग्रह गरे ।



सो अवसरमा तानसेन नगरपालिका वडा नंं ७ का अध्यक्ष मुक्तिराम जीसीले बैंकको शाखा कार्यालय स्थापनाले प्रभाससंगै बाँसटारी,चुच्चेबारी,मदनपोखरा,माडी लगायतका जनताले बैंकिङ कारोबारको सुविधा पाएको बताए ।
प्रमुख कार्यकारी अधिकृत प्रदीपकुमार श्रेष्ठको सञ्चालनमा भएको थियो । १७ अर्ब ३५ करोड निक्षेप र १३ अर्ब ५२ करोड कर्जा प्रवाह गरेको तिनाउ मिसन बैंक निकट भविष्यमै क वर्गको वाणिज्य बैंक सिटिजन्स बैंकसँग एकीकरण हुने प्रकृयामा छ ।









