
बुटवल ।
नेपाल विद्यार्थी संघले सरकारविरुद्ध बुटवलमा सिठ्ठी जुलुस निकालेको छ । नेविसंघ केन्द्रिय उपसभापति मुक्तिराज पौडेलको नेतृत्वमा बुटवलको राजमार्ग चौराहाबाट मिलनचोकसम्म जुलुस निकालेको हो । भोली मंसिर २९ गते सोमबारको विरोधसभा सफल बनाउनको लागी नेविसंघले देशभर नै बिरोध जुलुस निकालेको छ ।
सरकारका गलत कामको बिरोध गरौँ ,भोली मंसिर २९ गतेको विरोधसभा सफल पारौं भन्ने नारा लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरिएको थियो ।



कोरोना महामारीका बेलामा सरकार भ्रष्टाचारमा लिप्त भएको र सरकारका कारण संघीय लोकतान्त्रिक गणतन्त्र समेत संकटमा परेको भन्दै नेविसंघ केन्द्रिय उपसभापति मुक्तिराज पौडेलले सरकारलाई सडकबाटै तह लगाउने बताए । उनले सरकारको एकमात्र मिसन सबैकुरामा कमिसन भएको आरोप समेत लगाएका छन् ।
कांग्रेसले भोलि सरकारविरुद्ध देशैभर प्रदर्शन गर्दैछ ।









